काठमाडौं : सनराइज क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् ।
क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन म्युचुअल फण्डहरुले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् ।
सनराइज फोकस्ड इक्विटी फण्डले करसहित १३.५ प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डले करसहित १४ प्रतिशत र लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चालिच लक्ष्मी उन्नति कोषले करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।
Advertisment