काठमाडौं : बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम पुँजी तीन अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ बराबरको तीन करोड ६५ लाख ५९ हजार ४०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीको सञ्चालमा रहेको माथिल्लो बलेफी–ए जलविद्युत आयोजना (३६ मेगावाट) लाई निरन्तर सञ्चालन गर्दै नयाँ ‘१८८ मेगावाटको सुर्के दुधकोशी जलविद्युत आयोजना’ मा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
उक्त हकप्रद शेयर विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि निष्काशन गरिनेछ।
Advertisment