काठमाडौं : नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (इभी) बजारमा लक्ष्मी ई-मोबिलिटीले चीनको ब्रान्ड ‘फरथिङ’लाई नेपाली बजारमा ल्याएको छ।
फरथिङको ‘फ्राइडे इभी’ बुधाबार नाइमा एक्स्पोमा सार्वजनिक गरिएको हो । फरथिङ फ्राइडे इभी दुई भेरियन्ट लक्जरी र एक्सक्लुसिभमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य क्रमशः ५० लाख ९६ हजार र ५६ लाख ९६ हजार रूपैयाँ रहेको छ।
नाइमाको विशेष अफर अन्तर्गत कम्पनीले दुवै भेरियन्टमा सीमित समयका लागि २ लाख रूपैयाँ छुट र एक वर्षको बीमा पनि दिने भएको छ। छुटपछि लक्जरी भेरियन्टलाई ४८.९६ लाख र एक्सक्लुसिभ भेरियन्टलाई ५४.९६ लाख रूपैयाँमा तोकिएको छ।

फरथिङको फ्राइडे इभीमा ६४.४ किलोवाट ब्याट्री र ९९ किलोवाट मोटर रहेको छ। यसको भित्री वनावट सहजता र आरामलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ ।
गाडीमा मसाज स्पोर्ट्स सिट रहेको छ, जसले यात्रालाई थप आरामदायी बनाउने उल्लेख छ । एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेटको सुविधा पनि उपलब्ध छ।
फरथिङसँग सहकार्य गर्दै लक्ष्मी ईमोबिलिटीले नेपालमा वातावरणमैत्री सवारीसाधन पुर्याउने आफ्नो प्रतिबद्धतालाई थप बलियो बनाएको बताएको छ।
लक्ष्मी ग्रुपले हुन्डाई, बिएमडब्लु, काइयी जस्ता ब्रान्डका गाडीहरू वितरण गर्दै आएको छ।
Advertisment