काठमाडौं : नेपालका लागि बीवाईडी गाडीको आधिकारिक बितरक साइमेक्स इंक प्रालिले नयाँ ह्याचब्याक कार एटो-वान सार्वजनिक गरेको छ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)द्वारा आयोजित अटोमाबाइल प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा उक्त गाडी सार्वजनिक गरिएको हो ।
एटो-वान दुई भेरियन्ट स्ट्यान्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियममा सार्वजनिक गरेको हो । डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । चीनमा सिगल, युरोपमा सर्फ जस्ता नामले बिक्री हुँदै आएको ह्याचब्याक कार नेपालमा भने एटो–वान नामबाट उपलब्ध भएको हो ।

कम्पनीले स्ट्यान्डर्ड रेन्ज भनेको डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट अवार र लङ रेन्ज प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट अवारको ब्याट्री प्याक दिएको छ । यी दुई भेरियन्टको रेन्ज क्रमशः २३० र ३०० किलोमिटरको हुने एनइडीसीले प्रमाणित गरेको छ ।
गाडीमा एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने कम्पनीले जनाएको छ । यस गाडीको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५८० एमएम र ह्वीलबेस २५०० एमएम रहेको छ ।
Advertisment