Below Menu
Below Menu

तीव्र उतारचढावबीच झिनो अंकले घट्यो शेयर बजार, साढे सात अर्बमा समेटियो कारोबार 

तीव्र उतारचढावबीच झिनो अंकले घट्यो शेयर बजार, साढे सात अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२.०६ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ४१.७८ अंकले घटेर २८३३.५७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ११२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३८ कम्पनीको शेयरमूल्य घटेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ६३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा नौं अर्ब ३३ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २९ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त र महुली लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज थ्री स्टार हाइड्रोटावरको शेयरमूल्य ३.७८ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार