Below Menu
Below Menu

नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ईभी स्कुटर बन्यो बजाज चेतक ईभी

नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ईभी स्कुटर बन्यो बजाज चेतक ईभी

काठमाडौं : नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु भएको छ । बजाज चेतक ईभी नेपालको सबैभन्दा उच्च मोटरेबल ठाउँ, कोरला सिमा (४,६६० मिटर) सम्म पुग्ने पहिलो ईभी स्कुटर बन्न सफल भएको छ।

यो उपलब्धि चेतक ईभीको ‘हाइअल्टिच्युड एन्ड्युरेन्स टेस्ट’ अन्तर्गत गरिएको परीक्षणको हिस्सा थियो, जसले स्कुटरको विश्वसनीयता र कठिन भूगोलमा समेत काम गर्न सक्ने क्षमताको प्रमाण दिएको छ ।

नेपालका चुनौतीपूर्ण सडक, कम अक्सिजनयुक्त उच्च भू-भाग, चिसो मौसम र उकालो चढाइ पार गर्दै चेतक ईभीले कोरला सिमासम्मको कठिन यात्रा तय गरेको हो । यस यात्राले बजाज चेतकको ‘लाइफप्रूफ’ब्रान्ड चिनारीलाई थप मजबुत बनाएको छ । 

उक्त सफलताप्रति प्रतिक्रिया दिँदै, गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘कोरला सिमाना पुग्नु केवल उचाइको परीक्षण होइन, विश्वसनीयताको प्रमाण पनि हो। चेतक ईभीले यस्तो स्थानमा पुगेर यो साबित गरेको छ कि जहाँ अहिलेसम्म कुनै विद्युतीय स्कुटर पुगेको थिएन। यसले नेपालको भूगोललाई ध्यानमा राखेर बनाइएका ‘लाइफप्रूफ’ मोबिलिटी समाधानहरूको हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।’

कोरला सीमासम्मको साहसी यात्रा पछि, बजाज चेतक ईभी नेपालकै सबैभन्दा भरपर्दो र सक्षम इलेक्ट्रिक टु–ह्विलरको रूपमा स्थापित भएको छ। 

Advertisment

थप समाचार