काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.३० अंकले बढेर २८३२.०६ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १.९४ अंकले घटेर २८३२.०६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १८७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६२ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा आठ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा सात अर्ब ६३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज लिबर्टी इनर्जी कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३९ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सिक्लेस हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज उन्न्नति सहकार्य लघुव्त्ति वित्तीय संस्थाको शेयरमूल्य ८.२६ प्रतिशतले घटेको छ ।
Advertisment