Below Menu
Below Menu

सिटिजन्स शेयर ब्रोकरले १५.७९ प्रतिशत लाभांश दिने 

सिटिजन्स शेयर ब्रोकरले १५.७९ प्रतिशत लाभांश दिने 

काठमाडौं : सिटिजन्स शेयर ब्रोकर लिमिटेडले लाभांश प्रस्तावसहित भदौं १३ गते साधारणसभा बोलाएको छ । कम्पनीको साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा कम्पनीको प्रधान कार्यालय कुपण्डोलमा बिहान ८ बजे हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १५.७९ प्रतिशतले हुन आउने तीन करोड १५ लाख ७८ हजार ९४७ दशलमव ३७ रुपैयाँ बरारबरको करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गर्ने र चालु आवका लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौं ३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार भदौ २ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारणसभाका भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

Advertisment

थप समाचार