काठमाडौं : सर्वसाधारणभा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित विभिन्न पाँच कम्पनीले साधारणसभा बोलाएका छन् । आईपीओ निष्कासनको प्रस्ताव गर्ने कम्पनीमा फर्मास्युटिकल्सदेखि ठमेल प्लाजा होटलसम्म रहेका छन् ।
एक्कर्ड फर्मास्यूटिकल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित भदौं १३ गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा बसेरा बुटिक होटल बबरमहलमा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले गत आवको वित्तीय विरण वासलात, नाफा नोक्सान हिसाब, शेयर पुँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरणलगायतमा छलफल गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले सर्वसाधारणका लागि छुट्याइएको शेयर (आईपीओ) जारी गर्ने र आईपीओ जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट प्रबन्ध पत्र तथा नियमावली संशोधन गरी संचालक समितिले तोकेको प्रतिनिधिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ६ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार भदौ ४ गतेसम्म कायम शेयरधनीले सो सभामा भाग लिन पाउने छन् ।
अर्बिट इनर्जीले पनि भदौं १३ गते शुक्रबार वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय हाँडीगाउँ काठमाडौंमा दिउँसो ३ बजे हुनेछ ।
सभाले गत आवको वित्तीय विरण वासलात, नाफा नोक्सान हिसाब, शेयर पुँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरणलगायतमा छलफल गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले सर्वसाधारणका लागि छुट्याइएको शेयर (आईपीओ) जारी गर्ने र आईपीओ जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट प्रबन्ध पत्र तथा नियमावली संशोधन गरी संचालक समितिले तोकेको प्रतिनिधिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ६ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार भदौ ४ गतेसम्म कायम शेयरधनीले सो सभामा भाग लिन पाउने छन् ।
ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने भदौ १४ शनिबार वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन बिहान १०ः३० बजेदेखि ठमेल प्लाजा होटल एण्ड सुइटसको सभाकक्षमा साधारणसभा हुनेछ ।
सभाले गत आवको वित्तीय विरण वासलात, नाफा नोक्सान हिसाब, शेयर पुँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरणलगायतमा छलफल गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले सर्वसाधारणका लागि छुट्याइएको शेयर (आईपीओ) जारी गर्ने र आईपीओ जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट प्रबन्ध पत्र तथा नियमावली संशोधन गरी संचालक समितिले तोकेको प्रतिनिधिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ६ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार भदौ ४ गतेसम्म कायम शेयरधनीले सो सभामा भाग लिन पाउने छन् ।
ह्याबिट्याट पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ ।
उक्त सभा भदौ १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय हाँडीगाउँ, काठमाडौंमा बिहान ९ बजे बस्नेछ । सभाले कम्पनीहरूका सञ्चालक समितिको तथा लेखापरीक्षकको गत आर्थिक वर्ष ०८१–०८२ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।
यस्तै, गत असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, शेयर पुँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरणलगायतमा छलफल गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गरिनेछ ।
यसका साथै सभाले सञ्चालकको सेवासुविधा, आईपीओ जारी गर्ने, नियनकारी निकायबाट निर्देशनअनुसार कम्पनीको प्रबन्धपत्र एवं नियमावली संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ६ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार भदौ ४ गतेसम्म कायम शेयरधनीले सो सभामा भाग लिन पाउने छन् ।
सारथी केवल इण्डष्ट्रिज लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित भदौं ११ गते बुधबार साधारणसभा बोलाएको छ । उक्त सभा कम्पनीको कार्यालय रुपन्देहीमा बिहान १२ बजे हुनेछ ।
सभाले गत आवको वित्तीय विरण वासलात, नाफा नोक्सान हिसाब, शेयर पुँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरणलगायतमा छलफल गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले सर्वसाधारणमा कम्पनीको साधारण शेयर र्साजनिक निष्कासन गर्ने सम्बन्धमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियामावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गर्नेछ ।
Advertisment