काठमाडौं : सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि विभिन्न ७५ कम्पनीहरु पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार यस अवधिमा उक्त कम्पनीहरुले ५४ अर्ब ४७ करोड ६९ लाख ४२ हजार ६६१ रुपैयाँ बराबरको ३७ करोड ७७ लाख ५७ हजार ८८३ कित्ता शेयर जारी गर्न अनुमतिको पखाईमा रहेका हुन् ।
पाइपलाइनमा रहेका कम्पनीहरुमा ३७ हाइड्रोपावर, एक विकास बैंक, होटल तथा टुरिजम क्षेत्रका चार, इन्भेष्टमेन्ट कम्पनी तीन, म्यानुफ्याक्चरिङ तथा प्रोशेसिङ क्षेत्रका १७, माइक्रो इन्स्योरेन्स तीन र अन्य १० कम्पनीहरु रहेका छन् ।
विकास बैंकतर्फ सालपा विकास बैंकले १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइईपीओ जारी गर्न बोर्डको अनुमति कुरिरहेको छ । बैंकका शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
होटल तथा टुरिजम तर्फ चार कम्पनीले एक अर्ब ४२ करोड १० लाख रुपैयाँ बराबरको एक करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डको अनुमति कुरिरहेका छन् ।
पाइपलाइनमा रहेका कम्पनीहरुमा होटल फरेष्ट इन र माउन्टेन ग्लोरीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता, अकामा होटलले २२ करोड ५० लाख रुपैयाँ बराबरको ५२ लाख ५० हजार कित्ता र वर्णबास म्युजियम होटलले ३९ करोड ६० लाख रुपैयाँ बरारबरको ३९ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न लागेका हुन् ।
इन्भेष्टमेन्ट तर्फ बरुण इन्भेष्टमेन्ट कम्पनीले २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता, सिड इनर्जीले २४ करोड ७५ लाख ३७ हजार ५०० रुपैयाँको २४ लाख ७५ हजार ३७५ कित्ता आईपीओ जारी गर्न लागेको हुन् ।
शिवम् होल्डिङ्स भने प्रिमियममा आईपीओ जारी गर्न लागेको हो कम्पनीले दुई अर्ब ४३ करोड ६० लाखको एक करोड १६ लाख कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको छ ।
माईक्रो इन्स्योरेन्सका तीन कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न बोर्डको अनुमतिको पर्खाईमा रहेका छन् । पाइपलाइनमा रहेका माइक्रो इन्स्योरेन्समा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सले क्रमशः २२ करोड ५० लाखको रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेका छन् ।
सेबोनका अनुसार अन्य दश कम्पनीहरुले तीन अर्ब ४३ करोड ८७ लाख ५ हजार ४०० रुपैयाँ बराबरको २ करोड ७६ लाख ६५ हजार ५४ कित्ता आईपीओ जारी गर्न पाइपलाइनमा रहेका छन् ।
उक्त कम्पनीहरुमा हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी, कैलाश हेलिकप्टर सर्भिस र छायाँदेवी कम्प्लेक्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेका हुन् भने नेपाल बोर्डकाष्टिङ च्यानलले भने प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ जारी गर्न लागेको हो ।
निर्माण क्षेत्रका १७ कम्पनी पाइपलाइनमा
बोर्डका अनुसार निर्माण क्षेत्रका विभिन्न १७ कम्पनीहरुले २७ अर्ब ५६ करोड ८१ लाख ७१ हजार ५२५ रुपैयाँ बराबरको १३ करोड २२ लाख २४ हजार ८२० कित्ता आईपीओ जारी गर्ने भएका छन् ।
पाइपलाइनमा रहेका उक्त कम्पनीमा जगदम्बा स्टिल्स, सौर्य सिमेन्ट्स इन्डष्ट्रिज, मारुती सिमेन्टस्, रिद्धिसिघि सिमेन्टस्, अम्बे स्टिल र हुलाँस इन्फ्रा लिमिटेडले प्रिमियममा आईपीओ जरी गर्न लागेका हुन् ।
साढे १८ अर्बको आईपीओ जारी गर्दै हाईड्रोपावर
सेबोनका अनुसार विभिन्न ३७ जलविद्युत कम्पनीहरु आईपीओ निष्कासनको पाइपलाइन रहेका छन् । कम्पनीहरुले १८ अर्ब २७ करोड ६ लाख ४० हजार २३६ रुपैयाँ बराबरको १७ करोड ८६ लाख ३३ हजार ७५४ कित्ता शेयर जारी गर्न लागेको हुन्।
पाइपलाइनमा रहेका कम्पनीमा सेन्चुरी इनर्जी र नुम्बुर हिमालय हाइड्रोपावर कम्पनीले भने प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेका हुन् ।

Advertisment