Below Menu
Below Menu

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस पछि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस पछि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं : सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । साउन २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चचुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसका साथै उक्त बोनस शेयर पछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी आर्थिक वर्षको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने छ । 

Advertisment

थप समाचार