काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्यमा डा. रमेश चौलागाईं नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चौलागाईं नियुक्त गर्ने निर्णय गरेको हो ।
लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा रहेको ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तीका लागि गठित सिफारीस समिति’ साउन १० गते विज्ञ सदस्यको व्यवसायीक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता गरी नियुक्तिका लागि तीन जनाको नाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारीस गरेको थियो ।
समितिले विज्ञ सदस्यका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल उपाध्याय, राष्ट्र बैंककै निर्देशक डा. रमेश प्रसाद चौलागाई र कानुन व्यवसायी शहदेव बस्नेतको नाम सिफारीस भएको थियो ।
चौलागाईं नेपाल राष्ट्र बैंकका उपनिर्देशक हुन् ।
अब प्राधिकरणमा एक सदस्य (चार्टर्ड एकाउन्टेन्ट) मात्रै नियुक्ती हुन बाँकी छ । उक्त सदस्यको नियुक्ती मन्त्रीस्तरिय निर्णयबाट हुनेछ ।
Advertisment