रोकिएन शेयर बजारको पहिरोः परिसूचक २७ सय बिन्दुमा झर्यो, कारोबार करिब सात अर्बमा समेटियो 

रोकिएन शेयर बजारको पहिरोः परिसूचक २७ सय बिन्दुमा झर्यो, कारोबार करिब सात अर्बमा समेटियो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २७.९० अंकले घटेर २८२२.४६  बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा छ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १० अर्ब २१ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सिटी होटल्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सिक्लेस हाइड्रोपावरको  शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ । 
 

थप समाचार