Below Menu
Below Menu

सभापति रामहरि खतिवडाले दिए राजीनामा

सभापति रामहरि खतिवडाले दिए राजीनामा

काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकबाट उनले राजीनामा घोषणा गरेका हुन्।

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिको प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको कारण जिम्मेवारी बोध गर्दै राजीनामाको घोषणा गरे । 

उनले भने, ‘नखाएको विष लाग्दैन तर पदलाई भन्दा प्रश्नलाई माथि राखेर हेरेको छु । प्रतिबेदनमा न मलाई दोषि ठहर्याएको छ न राजीनामा उल्लेख गरिएको छ । नत प्रचलित कानुन बमोजिक कारबाहीको सिफारिस गरिएको छ । तर प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहासी राजीनामा दिएको घोषणा गर्दछु ।’

उनले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने बताए ।

राज्य व्यवस्था समितिको विधायिकी मनसाय विपरीत विधेयकको प्रतिवेदन तयार भएको बताउँदै उनले प्रतिवेदन लेखन कार्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारीहरू संलग्न रहेको बताए ।
 

Advertisment

थप समाचार