Below Menu
Below Menu

शेयर बजारमा निरन्तर पहिरो, कारोबार रकम छ अर्बमा झर्यो 

शेयर बजारमा निरन्तर पहिरो, कारोबार रकम छ अर्बमा झर्यो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २६.२२ अंकले घटेर २७९६.२४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा छ अर्ब १६ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा छ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज बलेफी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३४ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा माया खोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ५.७४ प्रतिशतले बढेको हो । आज कुमारी डिबेञ्चरको शेयरमूल्य ९.४८ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार