Below Menu
Below Menu

नेशनल लाइफको जीवन बीमा कोषको आकार ८९ अर्ब ९१ करोड

नेशनल लाइफको जीवन बीमा कोषको आकार ८९ अर्ब ९१ करोड

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को  चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.५० प्रतिशतले बढेको छ। यस अवधिमा  कम्पनीले २१ अर्ब ८२ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले २० अर्ब ४९ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। 

गत आर्थिक वर्षमा २१ अर्ब ४७ करोड २७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा २० अर्ब ६ करोड १५ लाख रुपैयाँ आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.०३ प्रतिशतले बढेको छ।

कम्पनीको जीवन बीमा कोषमा ८९ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा जीवन बीमा कोषमा ७९ अर्ब १ करोड २८ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १३.८० प्रतिशतले बढेको छ।

कम्पनीको महाविपत्ति कोषमा ६६ करोड ७२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५१ करोड १ लाख रुपैयाँ र अन्य इक्विटीमा ४२ करोड १४ लाख रुपैयाँ छ। अघिल्लो वर्षमा महाविपत्ति कोषमा ६२ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ७० करोड ६५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३९ करोड १२ लाख रुपैयाँ थियो।

यस अवधिमा कम्पनीले ४१ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ९४ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ शेयर पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ७.९२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.८१ रुपैयाँ थियो। पीई रेसियो ७८.७३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२९.७२ रुपैयाँ छ।

Advertisment

थप समाचार