Below Menu
Below Menu

खराब कर्जाको सकस टर्दै: असुली बढ्दा लघुवित्तको नाफा आठ अर्बमाथि ! 

खराब कर्जाको सकस टर्दै: असुली बढ्दा लघुवित्तको नाफा आठ अर्बमाथि ! 

काठमाडौं  ः पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । आर्थिक शिथिलता र बढ्दो खराब कर्जाले ग्रसित बनेका संस्थाहरुको ब्यालेन्ससिटमा क्रमशः सुधार आएको छ । 

लघुवित्त विरुद्ध भ्रामक समाचार फैलाउने ऋण मिनाहा हुन्छ भनेर अराजक गतिविधि गर्ने कर्मचारीलाई अभद्र व्यवहार गर्ने लगायतका कारणहरुले पनि कर्जा असुलीमा समस्या आएको थियो । तर, गत आर्थिक वर्षको चौथो त्रैमासम्मको तथ्यांक हेर्दा लघुवित्तको नाफामा ४४.२५ वृद्धि देखिएको छ ।

यस अवधिमा लघुवित्तहरुले आठ अर्ब २ करोड ५१ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ४४.२५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाहरुको नाफा पाँच अर्ब ५६ करोड ३३ लाख रुपैयाँ रहेको थियो । 

प्रकाशित वित्तीय रिर्पोट अनुसार यस अवधिमा आइपुग्दा ३२ कम्पनीको नाफा बढेको छ । साथै पाँच कम्पनीको नाफा घटेको छ भने अन्य कम्पनीहरु घाटामा छन् । अघिल्लो वर्ष नोक्सानीमा रहेका कतिपय कम्पनीहरुले पनि नोक्सानी घटाएका छन् । 

असार मसान्तसम्म आइपुग्दा अधिकांश लघुवित्तहरुको नाफा बढेको छ । सबैभन्दा बढी नाफा बढाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा एक हजार ८१९.०८ प्रतिशतले बढेको हो । 

अघिल्लो वर्ष ७८ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको संस्थाले गत वर्षको सोही अवधिमा आइपुग्दा सात करोड २३ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । संस्थाको खुद ब्याज आम्दानी पनि ९७।५२ प्रतिशतले बढेको छ ।

पछिल्लो समय अहिले लघुवित्त प्रति आम नागरिकको बुझाई फेरिएको छ । अहिले ऋण नतिर्ने र कर्मचारीहरुमाथि आक्रमण गर्ने वातावरण छैन । कम्पनीहरुले विभिन्न मोटिभेसनल तालिमहरु दिएर सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । जसले गर्दा ऋण तिर्नेहरु पनि बढिरहेका छन् । 

कम्पनीहरुले नयाँ रणनीतिका साथ कार्यक्रम र योजनाहरु अघि बढाएका छन् जसले गर्दा संस्थाको वित्तीय अवस्थामा ग्रोथ आएको छ । यसका साथै नेपाल राष्ट्र बैंकको साथले पनि लघुवित्तको वित्तीय अवस्था सुधार आएको छ । 

नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै लघुवित्त संस्थाहरुलाई कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गर्यो । उक्त सर्कुलरमार्फत  लघुवित्तबाट लिएको ऋण र्तिन नसकेका ग्राहकलाई ऋण भुक्तान अवधि ३ वर्ष थप गरी कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले कर्जा पुनर्संरचनाको सुविधा दिएका कारण अहिले केही संस्थाको खराब कर्जा बढे पनि अघिल्लो वर्षको तुलनामा भने समग्रमा संस्थाहरुको खराब कर्जा ६.९४ प्रतिशतले घटेको छ । साथै बैंकहरुको घट्दो ब्याजदरले पनि वेशरेट कम हुँदा ऋणको कस्ट अफ पनि कम हुँदै गएको छ जसले संस्थाको ब्यालेन्स सिटमा सुधार आएको हो ।

ब्याज आम्दानी १९ प्रतिशतले बढ्यो

असार मसान्तसम्म आइपुग्दा संस्थाहरुको खुद ब्याज आम्दानी १९.०२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २६ अर्ब ३४ करोड ६१ लाख रुपैयाँ ब्याज आम्दानी गरेका कम्पनीहरुको यस वर्षको यस्तो आम्दानी ३१ अर्ब ३५ करोड ७१ लाख रुपैयाँ रहेको छ । 

यस अवधिमा आइपुग्दा अधिकांश कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने नौं कम्पनीको ब्याज आम्दानी घटेको छ । खुद ब्याज आम्दानी घटेका संस्थाहरुमा नेष्डो समृद्ध, निर्धन उत्थान लघुवित्त, छिमेक, युनिक नेपाल, साना किसान विकास, एनआईसी एशिया, फर्स्ट माइक्रोफाइनान्स  आरएसडीडसी र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।  

प्रकाशित विवरण अनुसार अभियान लघुवित्तको ब्याज आम्दानी सबैभन्दा बढी १४६.६८ प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्तको ब्याज आम्दानी १००.२१ प्रतिशतले बढेको छ ।

Advertisment

थप समाचार