काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २.६२ अंकले बढेर २७८८.३६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ५८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९१ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा सात अर्ब ७३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा सात अर्ब ४६ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५१ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा आरबीबी म्युचुअल फण्ड–१ रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ७.९३ प्रतिशतले बढेको हो । आज सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.०६ प्रतिशतले घटेको छ ।
Advertisment