Below Menu
Below Menu

सहकारी नियमन प्राधिकरणले पायो पूर्णता, सदस्यमा सीए महेश खनाल नियुक्त

सहकारी नियमन प्राधिकरणले पायो पूर्णता, सदस्यमा सीए महेश खनाल नियुक्त

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पूर्णता पाएको छ । सरकारले सदस्य (चार्टर्ड एकाउन्टेन्ट) नियुक्ति गर्ने निर्णय गरेसँगै प्राधिकरणले पूर्णता पाएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्राधिकरणको सदस्यमा सीए महेश खनाललाई नियुक्ति गर्ने निर्णय गरेका छन् । खनाल नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ र लेखापरीक्षणमान बोर्डका पूर्व अध्यक्ष हुन् । 

सरकारले प्राधिकरणको गत सोमबार विज्ञ सदस्यमा डा रमेश चौलागाईलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

दुबै सदस्यको पद तथा गोपनियताको सपथग्रहण भोली (सोमबार) हुँदैछ ।

मन्त्री अधिकारीले सदस्यहरुको पद तथा गोपनियताको सपथग्रहण दिउँसो १ बजे गराउने कार्यक्रम छ ।

प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा छन् । त्यस्तै सदस्यहरुमा नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहसचिव मदन कोइराला रहेका छन् ।

Advertisment

थप समाचार