काठमाडौं : सिटिजन्स क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् ।
सिटिजन्स म्युचुअल फन्ड–२ ले ८.२५ प्रतिशत र सिटिजन्स सुपर–३० ले १२.७५ प्रतिशत करसहित नगद लाभांश दिने घोषणा गरेका हुन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट इकाईधनीहरुलाई सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन् ।
प्रतिफल वितरण प्रयोजनका लागि फण्डहरुले भदौ १३ गते इकाईधनी दर्ता किताब बन्द गने भएक छन् । जसअनुसार भदौ १२ गतेसम्म कायम ईकाईधनीहरुले मात्र फण्डको प्रतिफल पाउनेछन् ।
Advertisment