काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से २७.१४ अंकले घटेर २७६१.२२ बन्द भएको थियो ।
आज कारोबारमा आएका १७५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७४ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा छ अर्ब १७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा सात अर्ब ७३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २१ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा युनियन हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६.१० प्रतिशतले बढेको हो । आज सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.८१ प्रतिशतले घटेको छ ।
Advertisment