Below Menu
Below Menu

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका दुई सदस्यद्वारा शपथ ग्रहण

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका दुई सदस्यद्वारा शपथ ग्रहण

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्यहरुमा नियुक्त भएका डा. रमेश चौलागाईं (विज्ञ सदस्य) र सीए महेश खनाल (सीए सदस्य)ले आज औपचारिक रुपमा नियुक्त पत्र बुझ्दै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सदस्यद्वय चौलागाई र खनाललाई नियुक्त प्रदान गर्नुका साथै पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्। सपथग्रहण कार्यक्रममा सचिव केदारनाथ शर्मा, प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा, सहसचिव एवं प्राधिकरणका सदस्य मदन कोईराला लगायतको उपस्थिती थियो । 

शपथ ग्रहण लगत्तै प्राधिकरणको कार्यालय पुल्चोकमा पुगेर सदस्यद्वयले पदभार ग्रहण गरेका थिए । यो सँगै प्राधिकरणले पूर्णता पाएको छ।

Advertisment

थप समाचार