Below Menu

स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

Sponsored Advertisement

कम्पनीले साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको आईपीओमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन्। 

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले आम सर्वसाधारणका लागि एक लाख ९५ हजार १९५ कित्ता शेयर जारी गर्न लागेको हो ।

कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीले यसअघि नै कर्मचारी, स्थानिय र विदेशमा रहेका नेपालीहरुका लागि शेयर सुरक्षित गरिसकेको छ । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

थप समाचार