Below Menu
Below Menu

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा 

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा 

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २ गते बसेको सञ्चालन समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

Advertisment