Below Menu
Below Menu

सामान्य अंकले बढ्यो शेयर बजार, साढे पाँच अर्बमा खुम्चियो कारोबार 

सामान्य अंकले बढ्यो शेयर बजार, साढे पाँच अर्बमा खुम्चियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ९.१६ अंकले बढेर २७७०.३९ बन्द भएको थियो ।

आज कारोबारमा आएका १४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०७ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा छ अर्ब १७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३१ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सान्भि इनर्जी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६.९८ प्रतिशतले बढेको हो । आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.१४ प्रतिशतले घटेको छ । 
 

Advertisment