काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विकास हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ। मंगलबार नेप्सेले कम्पनीको ९० लाख ९१ हजार १३ कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको कुल शेयरको ४९ प्रतिशत अर्थात ४४ लाख ५७ हजार ५९६ कित्ता र संस्थापकको ५१ प्रतिशत अथाृत ४६ लाख ३६ हजार ४१७ कित्ता गरी ९० लाख ९१ हजार १३ कित्ता शेयर सूचीकृत भएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९७.४३ रुपैयाँदेखि २९२.२९ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘बीएचसीएल’ रहेको छ ।
Advertisment