Below Menu
Below Menu

लाभांश पारित गर्न हाथवे इन्भेष्टमेन्टले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

लाभांश पारित गर्न हाथवे इन्भेष्टमेन्टले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न भदौ२५ गते बुधबार १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । 

उक्त सभा आम्रपाली ब्याङ्क्वेट काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने समूह क को शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार भदौ १२ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। 

 

Advertisment