Below Menu
Below Menu

१५ वर्षमा ज्योतिपुञ्ज साकोस, आधुनिक र गुणस्तरीय संस्था बनाउने प्रतिवद्धता

१५ वर्षमा ज्योतिपुञ्ज साकोस, आधुनिक र गुणस्तरीय संस्था बनाउने प्रतिवद्धता

काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १५औं वर्षमा प्रवेश गरेको छ ।

२०६८ बैशाख २९ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई भाद्र ४ गतेबाट विधिवत रुपमा कारोबार शुभारम्भ गरी संस्था सञ्चालनमा आएको थियो । संस्थाले कारोबार शुभारम्भ गरेको दिनलाई स्थापना दिवसको रुपमा मनाउदै आएको छ । 

सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक सुधार गर्न र गराउनका साथै सदस्यहरुमा आत्मनिर्भर अनि स्वरोजगार र स्वव्यवसायी बनाई समुदायमा स्थापित गर्न सकिन्छ भन्ने उद्देश्यले संस्था स्थापना भएको थियो ।

सदस्यहरुलाई नियमित बचत गर्ने वानी बसाली सुरक्षित भविष्य बनाउन विभिन्न वर्ग तथा समुदायहरुलाई प्रोत्साहित गर्ने उद्देश्य समेत संस्थाको रहेको छ । साथै सर्वसुलभ दरमा ऋण उपलब्ध गरी साना तथा मझौला व्यवसायीहरुलाई प्रोत्साहित गरी देशको आर्थिक वृद्धिमा समेत सहयोग गर्ने लक्ष्य संस्थाको रहेको छ । 

संस्थाको परिकल्पना ‘सदस्यहरुको पहिलो रोजाइको सबल, गतिशील र विश्वसनीय साकोस’ रहेको छ भने ध्येय ‘सेवामा उत्कृष्ठता, नवीनतम प्रविधि र विशिष्ट पहिचान सहित सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको सहयात्री बन्ने’ रहेको छ ।

१५औं स्थापना दिवसको अवसरमा प्रतिवद्धता जारी गर्दै अध्यक्ष नविन श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले सदस्य हितलाई केन्द्रबिन्दुमा राखेर संस्थाको समग्र सेवा व्यवस्थापनलाई अझै आधुनिक र गुणस्तरीय बनाउने प्रयासमा सधैं दत्तचित्त रहेको बताएका छन् । आगामी दिनहरुमा पनि सदस्य महानुभावहरुको निरन्तर साथ र सहयोगको अपेक्षासहित संस्थाको हितमा सधैं निष्पक्षपूर्वक कार्य गर्ने पूर्ण प्रतिवद्धता संस्थाले व्यक्त गरेको छ । 

सदस्यहरूको अविच्छिन्न साथ, सहयोग र हौसलाको बलमा संस्था सफलतासहित अघि बढ्न सकेको संस्थाका अध्यक्ष श्रेष्ठले बताए । १५ वर्षे यात्राका दौरानमा संस्थाले आर्जन गरेका उपलब्धिहरू समस्त सदस्यहरूको अटुट आस्था, विश्वास र सहकारिताको परिणाम रहेको उनले बताए ।

सदस्य हितलाई केन्द्रविन्दुमा राखेर संस्थाको समग्र सेवा व्यवस्थापनलाई समय र प्रविधिको गतिशीलतासँगै उपयोगी, विश्वसनीय र चुस्त बनाउने प्रयासमा सिंगो टिम निरन्तर लागि परेको अध्यक्ष श्रेष्ठले बताए ।
१५ वर्षे यात्रामा संस्थाको कुलको कुल सम्पत्ति १ अर्ब ४१ करोड १३ लाख पुगेको छ । संस्थामा ४ हजार २ सय ४० जना सदस्य जोडिएका छन् । २०८२ साउन मसान्तसमममा ९ करोड ६ लाख सेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा ११ करोड ७७ लाख रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कार्कीले बताए । 

संस्थाको संस्थागत पुँजी १२ करोड ७४ लाख पुगेको छ । यस अवधिमा कुल बचत रकम १ अर्ब ५ करोड रहेको छ भने कर्जा लगानी १ अर्ब ४ करोड रहेको छ । संस्थासँग २५.२० प्रतिशत तरलता रहेको छ ।
 

Advertisment

थप समाचार