Below Menu
Below Menu

एससीटी–युनियन पे कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

एससीटी–युनियन पे कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड एससीटीले जारी गर्दै आएको एससीटी–युनियन पे कार्डबाट अब नेपालमा सञ्चालन हुँदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने भएको छ । 

कार्डबाट वालेट लोड गर्न मिल्ने सुबिधा रहेको सबै मोबाइल वालेटहरू, जस्तै इसेवा, खल्ती, हाम्रो पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै एससीटी–युनियनपे कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुबिधा जारी भएको छ । 

नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी) मा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनहरूबाट ग्राहकहरूले यो सुबिधा लिन सक्नेछन् । यस सुबिधाले ग्राहकहरूलाई आफ्नो क्ऋत्(ग्लष्यलएबथ कार्डबाट एइक् मा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ(कमर्स भुक्तानी, एरलाइन टिकट खरिद, आदि पनि गर्न अझ सरल हुनेछ ।  

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–युनियन पे कार्ड जारी गर्दै आइरहेको छ । एससीटी–युनियन पे डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले सजिलै एससीटीका उल्लेखित सदस्य बैंक तथा वित्तीय संस्थाबाट  प्राप्त गर्न सक्नेछन् ।
 

Advertisment

थप समाचार