Below Menu
Below Menu

मुक्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका शेयर बिक्री गर्दै

मुक्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका शेयर बिक्री गर्दै

काठमाडौं : मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि जम्मा चार लाख ४४० कित्ता शेयरहरु शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आहवान गरेको छ। 

जसमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका एक लाख ७२ हजार३७२ कित्ताको न्यूनतम मूल्य रु।३०० र न्यूनतम आवेदन ५,००० कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४,०६५ कित्ताको न्यूनतम मूल्य रु ३७५ र न्यूनतम आवेदन ५,००० कित्ता, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७,९६८ कित्ताको न्यूनतम मूल्य रु ३३० र न्यूनतम आवेदन १,००० कित्ता तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १,३१५ कित्ताको न्यूनतम मूल्य रु १०० र न्यूनतम आवेदन १,३१५ कित्ता शेयरहरु बिक्रीमा राखिएका छन्। 

इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको शर्तका अधीनमा रही शिलबन्दी फाराम रु १०० तिरेर मुख्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंबाट प्राप्त गरी मिति २०८२ साल भाद्र २४ गते अपरान्ह ३ः०० बजेभित्र बुझाउनुपर्नेछ। प्राप्त बोलपत्रहरु मिति २०८२ साल भाद्र २५ गते बिहान ११:०० बजे कार्यालयमा खोलिनेछ। 

यस शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइनेछ र बाँकी रहेका शेयरहरु उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदाताहरुलाई बिक्री गरिनेछ। मुख्तिनाथ क्यापिटल लिमिटेडले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावलीअनुसार गर्ने छ । थप जानकारीका लागि मुख्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ।


 

Advertisment

थप समाचार