Below Menu
Below Menu

ब्याज आम्दानी बढ्दा सहकारी बैंकले घटायो नोक्सानी, खराब कर्जाको सकस उस्तै 

ब्याज आम्दानी बढ्दा सहकारी बैंकले घटायो नोक्सानी, खराब कर्जाको सकस उस्तै 

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ  । उक्त वित्तीय विवरण अनुसार बैंक साढे चार करोड रुपैयाँ नोक्सानीमा रहेको घाटामा रहेको  छ । 

अघिल्लो आवमा एक अर्ब ६६ करोड ६७ लाख ९९ हजार रुपैयाँ नोक्सानीमा रहेको बैंकले गत असार मसान्तसम्म आइपुग्दा एक अर्ब ६१ करोड ८६ लाख ३८ हजार रुपैयाँ बराबरको नोक्सानी घटाएको छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेका कारण बैंकको नोक्सानी घटेको हो । 

अघिल्लो आवमा एक अर्ब १५ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको सहकारी बैंकले गत आवमा एक अर्ब ५७ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । उक्त ब्याज आम्दानी ३५.६१ प्रतिशतले बढी हो ।

यस्तै, यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३४.७३ प्रतिशतले बढेको छ । गत आवको असार मसान्तसम्म सञ्चालन नाफा एक अर्ब ६० करोड ८९ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी एक अर्ब १९ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

यद्यपी समिक्षा अवधिमा सहकारी बैंकको खराब कर्जा भने बढेको छ । बैकले यस अवधिमा सम्भावित जोखिम व्यवस्थापनका लागि २५.१५ प्रतिशत छुट्याएको छ । अघिल्लो आवमा २२.११ प्रतिशत रहेको सहकारी बैंकको खराब कर्जा गत आवमा आइपुग्दा बढेर ३०.३७ प्रतिशत पुगेको छ । यसका साथै वितरणयोग्य मुनाफा ४ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी १ रुपैयाँ ६७ पैसा ऋणात्मक छ । बैंकको शेयर पुँजी असार मसान्तसम्म २ अर्ब ८९ करोड १५ लाखरुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ रहेको थियो । बैंकको जगेडा कोषमा चार अर्ब ५४ करोड १४ लाख रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार