Below Menu
Below Menu

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम पाँच अर्बमा झर्यो

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम पाँच अर्बमा झर्यो

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ९.७० अंकले घटेर २७६७.२० बन्द भएको थियो ।

आज कारोबारमा आएका ५३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९७ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब २ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ५ अर्ब २० करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा बिकास हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । आज जनउत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.९१ प्रतिशतले घटेको छ । 

Advertisment