Below Menu
Below Menu

नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता

नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता

काठमाडौ : नाडा अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस वर्ष, केवल ३ दिनमै ७८ हजार ५१३ अवलोकनकर्ता सहभागी भइसकेका छन् । 

आर्थिक चुनौती र कठिनाइबीच पनि यो तथ्यांकले नेपाली जनतामा अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गरेको नाडाले जनाएको छ । 

‘नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका हैसियतले म यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिन्छु । यसले हाम्रो अपेक्षा अझ उचालिएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ’, अध्यक्ष करण चौधरीले भने, ‘यस ऐतिहासिक सफलतामा योगदान पुर्याउनु भएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं । नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव हो ।’ 

Advertisment

थप समाचार