Below Menu
Below Menu

संघीयता अभ्यासका सबल र कमजोरी पक्षको गहिरो विश्लेषण आवश्यक: सभामुख

संघीयता अभ्यासका सबल र कमजोरी पक्षको गहिरो विश्लेषण आवश्यक: सभामुख

काठमाडौं : सभामुख देवराज घिमिरेले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अभ्यासलाई अझ प्रभावकारी बनाउन गहिरो विश्लेषण र अध्ययन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको सङ्घीय शासन प्रणालीः आयाम र अभ्यास’ पुस्तक विमोचन समारोहमा बोल्दै सभामुख घिमिरेले संविधान जारी भएपछिको संघीय यात्रालाई ऐतिहासिक रुपान्तरणको प्रतीकको रूपमा व्याख्या गरे ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भइसकेपछि हामीले राज्य पुनःसंरचनाको एक ऐतिहासिक रुपान्तरित यात्रा तय गरेका छौं । यो यात्रा केवल राजनीतिक परिवर्तन होइन, शासकीय अधिकार, वित्तीय स्रोत र विकासका अवसरहरू जनताको घरदैलोसम्म पु¥याउने अभियान पनि हो ।’

हाल संघीयता अभ्यासले एक दशक नाघ्न लागेको सन्दर्भमा उनले यसका सबल पक्ष, चुनौती, सम्भावना र सुधारका क्षेत्रहरूलाई गहिरो ढंगले विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले पछिल्लो समय आफूलाई जे लाग्यो, त्यही कुरालाई ठान्ने, त्यसकै पक्षमा जनमत बनाउने र त्यसलाई नै वकालत गर्दै जाने प्रवृत्तिहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

‘हाम्रा अध्ययनहरूलाई व्यवहारमा कसरी उतार्ने र व्यवहारमा सिद्ध भएका कुरालाई कसरी विकास गर्दै लैजाने भन्ने विषयमा सोच्नुपर्ने बेला आएको छ, आफूलाई जे लाग्यो त्यहि कुराहरु ठान्ने त्यसकै पक्षमा जनमत बनाउने त्यसलाई नै वकालत गर्दै जाने प्रवृत्तिहरु बढिरहेको छ,’  घिमिरेले भने ।
 

Advertisment

थप समाचार