Below Menu
Below Menu

एक महिनामा भित्रिए साढे ४१ करोडका १६० युनिट इभी गाडी 

एक महिनामा भित्रिए साढे ४१ करोडका १६० युनिट इभी गाडी 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १६० युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको छ । यस अवधिमा सरकारले ४१ करोड ८८ लाख ४० हजार रुपैयाँ उक्त संख्यामा गाडी आयात गरेको हो ।

भन्सार विभाग तथ्यांकअनुसार विद्युतीय गाडीको आयातबाट २८ करोड २९ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाटका  विद्युतीय गाडी आयात हुने गरेका छन् ।

यस अवधिमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् । यस सेग्मेन्टमा २६ करोड ८२ लाख मूल्यका १०७ युनिट गाडी भित्रिएका छन् ।

सबैभन्दा धेरै विद्युतीय गाडी छिमेकी मुलुक चिनबाट आउने गरेको छ भने भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट पनि नेपालमा विद्युतीय सवारी आयात हुने गरेको छ ।

साउन मसान्तसम्म नेपालले ५० किलोवाटसम्मका दुई करोड ९९ लाख मूल्य बराबरका २१ युनिट गाडी आयात गरेको छ । त्यस्तै १०१ देखि २०० किलोवाटसम्मका ११ करोड ५७ लाख रुपैयाँ बराबरको ३१ युनिट गाडी आयात भएका छन् । 

विभागका अनुसार यस अवधिमा २०१ देखि ३०० किलोवाटसम्मका ४८ करोड ४९ लाख रुपैयाँ बराबरका एक युनिट गाडी आयात भएका छन् । 
 

Advertisment

थप समाचार