Below Menu
Below Menu

‘नाडा अटो शो २०२५’ सम्पन्न, एक लाख ७६ हजार दर्शकले गरे अवलोकन 

‘नाडा अटो शो २०२५’ सम्पन्न, एक लाख ७६ हजार दर्शकले गरे अवलोकन 

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भदौं ३ गतेदेखि आयोजना गरेको ‘नाडा अटो शो २०२५’ सम्पन्न भएको छ ।

उक्त अटो शो स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भदौं ८ गतेबाट प्रायोजित नाडा अटो शो २०२५ को समापन कार्यक्रम काठमाण्डौको भृकुटीमण्डप परिसरमा सम्पन्न भएको हो । 

१७औं संस्करणको नाडा अटो शो २०२५ मा एक लाख ७६ हजार ७८९ दर्शकहरुले अवलोकन गरेको नाडाले जनाएको छ । अटो शोमा उड्ने सवारी साधन, रोवोटिक म्यान र डगका मात्र नभई थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको नाडाको भनाई छ । 

सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले अटोमोवाइल व्यवसायलाई मात्र होइन देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन समेत मद्दत पुग्ने नाडाको अपेक्षा रहेको छ । 

अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटो शो २०२५ को अवसरमा नाडाले हरेक दिन विभिन्न विषयहरुमा अन्तरक्रिया कार्यक्रमहरु समेत सम्पन्न गरेको थियो ।

नाडा अटो शो को पहिलो दिन अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ता, सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक अटानु गाँगुलीको प्रमुख आतिथ्यतामा ‘इण्टरनेशनल अटो ट्रेड डायलग’ विषयमा भएको थियो ।

नाडा अटो शो को दोश्रो दिन इमानसंगको सहकार्यमा उद्योग वाणिज्य मन्त्रालयका सचिव कृष्णवहादुर रावतको प्रमुख आतिथ्यतामा ‘ड्राइभिङ्ग द फ्युचर, इभि एडप्सन इन नेपाल’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

नाडा अटो शो को तेश्रो दिन  नेपाल आर्थिक पत्रकार संघसंगको सहकार्यमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्र्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा ‘कर्जा नीतिमा स्थिरताः अटोमोवाइल बजारको दिर्घकालिन निकासको आधार’ भन्ने विषयमा अन्तरक्रिया सम्पन्न भएको थियो ।

नाडा अटो शो को चौथौं दिन ड्रोन हव नेपालका फाउण्डर प्रविन भट्टराईकोे प्र्र्र्रमुख आतिथ्यतामा फलाइङ्ग कार टेक्नोलोजी विषयमा र सोही दिन नेपाल राष्ट्र बैकका पूर्व गर्भनर दिपेन्द्र क्षेत्रीको प्र्र्रमुख आतिथ्यमा र नेपाल अटो पत्रकार संघको सहकार्यमा ‘युथ मोविलिटी एण्ड नेशनल ड्रिम’ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

यसै क्रममा नाडा अटो शो को पाँचौ दिनमा पनि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा ‘सडक र यातायात’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी आज नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीको प्रमुख आतिथ्यतामा ‘मेड इन नेपाल’ विषयमा पनि एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

महासंघमा रूपान्तरणको ऐतिहासिक प्रस्ताव

समापनकै दिन बसेको नाडा केन्द्रीय कार्य समितिको २१औं बैठकले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाललाई ‘नाडा अटोमोवाइल्स महासंघ नेपाल’मा रूपान्तरण गर्ने प्रस्तावसहित विशेष साधारण सभा भाद्र २४ गते आह्वान गर्ने घोषणा गरेको छ । यो कदम नाडाको स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीका रूपमा लिइएको छ ।

उत्कृष्ट स्टलहरुको छनौट

यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेको देखिन्छ र त्यसैगरी यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल दिपाल, एमएडब्लु अटो कर्प प्रा.लिले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल रोयल इनफिल्ड अल्फा अटोमोटिभ प्रालिले जितेको छ । 
त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड म्ँक्प् श्री अद्धेत इभि प्रालिले जितेको छ र बेष्ट सर्पोटिङ्ग स्टलको बेष्ट एवार्ड हिट्को प्रा.लि.ले जितेको छ । त्यसैगरी बैंक तथा इन्स्यारेन्सहरुमा श्री ग्लोवल आईएमई बैंक लिमिटेडले जितेको छ ।

नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका सहकोषाध्यक्ष श्री पंकज अग्रवाल र नविन पारख, नेपाल अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेल, इमानका तर्फबाट अध्यक्ष रोयल आचार्य तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विसेज् प्रा.लि.कातर्फबाट प्रवन्ध निर्देशक सन्तोष क्षेत्री समेत सदस्य रहनेगरी पाँच सदस्यिय बेष्ट स्टल छनोट समिति समेत गठन गरेको थियो ।

उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको थियो भने सो प्रदर्शनीको फायर सेफटीको सम्पूर्ण कार्य नाडा कै सदस्य कम्पनी हिटको प्रालिले गरेको थियो । प्रदर्शनीको प्रचार प्रसारको कार्य एभरेष्ट एडले गरेको थियो ।

सो समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई सफल बनाउन सहयोग पुर्याउने सवै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद दिए ।नाडा अटो शो २०२५ सम्पन्न गर्न अध्यक्ष चौधरी कै संयोजकत्वमा नाडा अटो शो २०२५ तयारी समिति समेत गठन गरेको थियो । उक्त प्रदर्शनीको क्रममा नाडाले सोही परिसरमा लायन्स क्लव अफ काठमाडौंसँगको सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो । 
 

Advertisment

थप समाचार