Below Menu
Below Menu

दोहोरो अंकले सुधारियो शेयर बजार, पाँच अर्ब ७५ करोडमा समेटियो कारोबार 

दोहोरो अंकले सुधारियो शेयर बजार, पाँच अर्ब ७५ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से १८.०२ अंकले घटेर २७३९.९५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १७९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७१ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब ७५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा छ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७६ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावर कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । आज आरबीबी म्युचुअल फण्डको शेयरमूल्य ३.८७ प्रतिशतले घटेको छ । 
 

Advertisment