Below Menu
Below Menu

‘प्रि–आईपीओ’ को नाममा ठगीः सर्वसाधारणबाट अनाधिकृत रुपमा पैसा उठाएकोमा बोर्डको ध्यानाकर्षण

‘प्रि–आईपीओ’ को नाममा ठगीः सर्वसाधारणबाट अनाधिकृत रुपमा पैसा उठाएकोमा बोर्डको ध्यानाकर्षण

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रि–आईपीओ नाम दिई सर्वसाधारणलाई शेयर बिक्री नगराउन सार्वजनिक सूचना सूचना जारी गरेको छ । सार्वजनिक निष्काशन नभएका विभिन्न संगठित संस्थाहरुको शेयर प्रि–आईपीओको नाममा सामाजिक संजालबाट सर्वसाधारणलाई शेयर खरिद गर्न प्रस्ताव गरी अनाधिकृत रुपमा पैसा उठाइरहेको गुनासो आएपछि बोर्डले आपत्ति जनाएको हो ।

बोर्डले जारी गरेको सूचनामा भनिएको छ , ‘सार्वजनिक निष्काशन नभएका विभिन्न संगठित संस्थाहरुको शेयर प्रि–आईपीओको नाममा सामाजिक संजाल (ह्वाट्अप, भाइबर, फेसबुक ग्रुप) इमेल तथा एसएमएस मार्फत् उक्त कम्पनीहरुको निकट भविष्यमा नै सार्वजनिक निष्काशन गरिने भन्दै सर्वसाधारणलाई शेयर खरिद गर्न प्रस्ताव गरी अनाधिकृत रुपमा पैसा उठाइरहेकोले उक्त कार्य तत्काल रोक्न लगानीकर्ताहरुबाट बोर्डमा गुनासो प्राप्त भएको सन्दर्भमा यस विषयमा बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ ।’

प्रचलित कानूनमा प्रि–आईपीओ सम्बन्धी कुनै व्यवस्था नरहेको र धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) मा संगठित संस्थाले एक पटकमा पचास जना भन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नु पर्ने व्यवस्था छ । 

‘बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रुपमा संगठित संस्थाको शेयर खरिद÷बिक्री सम्बन्धी कार्य नगर्नरनगराउन सूचित गरिन्छ’, बोर्डले नेको छ । 

यसरी धितोपत्र सम्बन्धी ऐन, २०६३ ले गरेको व्यवस्था विपरितका यस्ता कार्यहरु दण्डनीय भएकोले यस्ता क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई यस्ता कार्यमा सहभागी नहुन बोर्ड अनुरोध गरेको छ । 

Advertisment