Below Menu
Below Menu

कालीगण्डकी गर्जको ५१ प्रतिशत शेयर ग्रीन भेन्चर्सले खरिद गर्यो 

कालीगण्डकी गर्जको ५१ प्रतिशत शेयर ग्रीन भेन्चर्सले खरिद गर्यो 

काठमाडौं : कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनीको ५१ प्रतिशत संस्थापक शेयर ग्रीन भेन्चर्स कम्पनीले खरिद गरेको छ । यी दुई कम्पनीबीच भदौ १० गते (मंगलबार) शेयर खरिद सम्झौता भएको हो ।

कालीगण्डकी गर्ज हाईड्रोपावरले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावबाट क्षमताको अर्धजलाशययुक्त प्रोजेक्टको विकास तथा निर्माण गरिरहेको छ । उक्त आयोजनाले विद्युत उत्पादनको अनुमति पाइसकेको छ ।

सो आयोजनाको अनुमानित लागत ३९ अर्ब ५० करोड रुपैयाँ छ । यसमा ऋण तथा स्वपूँजीको अनुपात ७५ः२५ प्रतिशत रहेको छ । यसमा लक्ष्मी सनराईज बैंकको नेतृत्वमा अन्य बैंकहरुको वित्तीय व्यवस्थापन गरिएको छ । 

लक्ष्मी सनराईज बैंकको अगवाईमा विभिन्न बैंकहरुको सहवित्तीयकरण समुहले सो आयोजनामा लगानी गर्ने गरी यसअघिकै वित्तीय व्यवस्थापन गरिएको छ । 


 

Advertisment