Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, परिसूचकसँगै सुधारियो कारोबार 

उच्च अंकले बढ्यो शेयर बजार, परिसूचकसँगै सुधारियो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ४.८३ अंकले बढेर २७६६.०९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २३२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९ कम्पनीको शेयरमूल्य घटेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब ६८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार  नेप्सेमा चार अर्ब १८ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६५ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा विकास हाइड्रोपावर कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज कुमारी डिबेञ्चरको शेयरमूल्य ५.७९ प्रतिशतले घटेको छ ।
 

Advertisment