हिमस्टार उर्जा कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

हिमस्टार उर्जा कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ११ लाख १९ हजार कित्ता र संस्थापकको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३० हजार कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९९.१७ रुपैयाँदेखि २९७.५१ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘एचआईएमएसटीएआर’ रहेको छ । 
 

थप समाचार