Below Menu
Below Menu

टिकेन नेप्सेको उत्साहः परिसूचक २७ बिन्दुमै झर्यो, आठ अर्बमाथिको कारोबार 

टिकेन नेप्सेको उत्साहः परिसूचक २७ बिन्दुमै झर्यो, आठ अर्बमाथिको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१.०० बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२७ कम्पनीको शेयरमूल्य घटेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा आठ अर्ब नौं करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा सात अर्ब ६८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६५ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा विकास हाइड्रोपावर कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज ओरियन्टल होटल्सको शेयरमूल्य ४.७१ प्रतिशतले घटेको छ ।
 

Advertisment