काठमाडौं : मिड सोलु हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने ११ करोड २२ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७८९ प्रतिशतका दरले हुन आउने ५९ लाख ८ हजार ४२१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिने छ ।
Advertisment