Below Menu
Below Menu

भन्सार छलीका भारतीय स्कारपियो सहित कपडा बरामद 

भन्सार छलीका भारतीय स्कारपियो सहित कपडा बरामद 

सिरहा : लहान नगरपालिका–१९ स्थित छारापट्टि चोकमा भन्सार छली गरिएको सामानसहित एक भारतीय स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार साँझ करिब ८ः०० बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प लहानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विजयकुमार चौधरीको कमान्डमा खटिएको मोबाइल टोलीले ठाडी–लहान भित्री सडकखण्डमा सवारी जाँच गर्ने क्रममा बिआर ०१ पिबी ४६४२ नम्बरको सेतो रङ्गको भारतीय स्कारपियो गाडीलाई रोक्न खोज्दा उक्त गाडी तीव्रगतिमा भागेको प्रहरीले जनाएको छ ।

पिछा गर्दै जाँदा सो गाडी लहान–१९ को कटाहा चोक नजिकैको सडक किनारमा बेवारिसे अवस्थामा फेलापरेको हो । गाडी जाँच गर्दा सात लाख चार हजार८५० मूल्यबराबरका विभिन्न लत्ताकपडा फेला परेको छ ।

स्कारपियोको मूल्य करिब रु १५ लाख रहेको बताइएको छ । बरामद गाडी र कपडा भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ । 
 

Advertisment

थप समाचार