Below Menu
Below Menu

नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल ब्यालेन्स्ड फण्ड–३ को प्रतिफल घोषणा 

नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल ब्यालेन्स्ड फण्ड–३ को प्रतिफल घोषणा 

काठमाडौं : नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डहरुले प्रतिफल घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल ब्यालेन्स्ड फण्ड–३ ले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन्।

फण्डहरुको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको भदौं १२ गते बसेको सञ्चालक समितिको बैठकले ईकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

दुबै फण्डहरुले गत आवको मुनाफाबाट ईकाईधनीहरुलाई १३–१३ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन्। 

प्रतिफल वितरण प्रयोजनका लागि सो बैठकले भदौ २२ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। जसअनुसार भदौ १९ गतेसम्म  कायम इकाईधनीहरुले दुबै फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

Advertisment