Below Menu
Below Menu

नाडा अटोमोबाईल्सलाई ‘महासंघ’मा रुपान्तरण गरिने, भदौं २४ गते बोलाईयो विशेष साधारणसभा 

नाडा अटोमोबाईल्सलाई ‘महासंघ’मा रुपान्तरण गरिने, भदौं २४ गते बोलाईयो विशेष साधारणसभा 

काठमाडौं : नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले विशेष साधारणसभा बोलाएको छ । 

भाद्र ८ गते बसेको नाडाको २१औं केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षा पछि नाडालाई विधानतः महासंघमा लैजाने निर्णय गर्दै भाद्र २४ गते, मङ्गलबार विशेष साधारणसभा बोलाएको हो । 

उक्त सभा सो दिन बिहान ११:०० बजे द प्लाजा, झम्सिखेल, ललितपुरमा हुनेछ । केन्द्रीय कार्यसमितिको ऐतिहासिक निर्णयलाई कार्यान्वयनमा लैजान नाडाका सदस्यको निर्णायक र अहम भूमिका हुने भएकोले अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ । 

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जारी गरेको आग्रहपत्रमा यो निर्णयले स्वयम सदस्यहरूको लामो समय देखिको इच्छा, चाहना र आकांक्षालाई मूर्तरूप दिने मात्र नभई नाडालाई वास्तविक रुपमै राष्ट्रिय स्तरको संस्था बनाउने र आफ्ना सदस्यहरूको हक हितको समेत समुचित रुपमा संरक्षण हुने समेत उल्लेख छ ।

१७ औं संस्करणको नाडा अटो शो २०२५ को समापनकै दिन बसेको नाडा केन्द्रीय कार्य समितिको बैठकले नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाललाई ‘नाडा अटोमोवाईल्स महासंघ नेपाल’मा रूपान्तरण गर्ने प्रस्तावसहित विशेष साधारण सभा भाद्र २४ गते आह्वान गर्ने घोषणा गरेको थियो ।

यो कदम नाडाको स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीका रूपमा लिइएको नाडाले जनाएको छ । 
 

Advertisment

थप समाचार