Below Menu
Below Menu

लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित एक अर्ब रकम संकलन

लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित एक अर्ब रकम संकलन

काठमाडौं : कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको यस लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले निर्धारित एक अर्ब रकम संकलन गर्न सफल भएको छ । 

यो फण्ड लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फण्ड हो । जलबिद्युत, सौर्य, वायु उर्जा तथा अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा टेवा पु¥याउनुु यस फण्डको मुख्य उद्देश्य हो ।

यस फण्डको उद्देश्य पूर्तिमा निरन्तर समर्थन र कम्पनीप्रति जनाएको विश्वसनियताका लागि सम्पूर्ण लगानीकर्ताहरुलाई कम्पनीले आभार व्यक्त गरेको छ । साथै, लक्ष्मी सनराइज क्यापिटल लिमिटेड अपरेटिङ प्रिन्सिपल फर इम्प्याक्ट म्यानेमेन्टमा हस्ताक्षरकर्ता समेत रहि आएको छ  ।  
 

Advertisment