Below Menu
Below Menu

आईपीओ जारी गर्दै सनराइज होल्डिङ्गस्, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

आईपीओ जारी गर्दै सनराइज होल्डिङ्गस्, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं : सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास सिलवालले हस्ताक्षर गरेका छन् । 

सनराइज होल्डिङ्गस् लिमिटेड २०७१ सालमा स्थापित एक नेपाली लगानी कम्पनी हो, जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरुमा केन्द्रित छ ।

निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यको साथ सर्वसाधारणको लागि शेयर निष्काशन गर्न लागेको हो ।


         


 

Advertisment

थप समाचार