Below Menu
Below Menu

पोखरा रोयलका सदस्यलाई दृष्टि आँखा अस्पतालमा ३० प्रतिशतसम्म छुट

पोखरा रोयलका सदस्यलाई दृष्टि आँखा अस्पतालमा ३० प्रतिशतसम्म छुट

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले दृष्टि आँखा अस्पतालबाट सेवा लिँदा ३० प्रतिशतसम्म छुट पाउने भएका छन्। यससम्बन्धमा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था र दृष्टि आँखा अस्पताल पोखराबीच सोमबार सम्झौता भएको छ ।

‘सुखी सदस्य, दिगो सहकारी’ को परिकल्पना साकार गर्ने दिशामा यो सम्झौता अर्को एक महत्वपूर्ण उपलब्धि भएको संस्थाले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ र दृष्टि आँखा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी गराए।

सम्झौता कार्यक्रममा संस्थाका सदस्य सेवा विभागका अभिषेक गुरुङले आफ्ना सदस्यहरुको स्वास्थ्य, सुरक्षा, सहजता र सुविधालाई सधैँ पहिलो प्राथमिकतामा राखी सोही अनुसारका संस्थाहरुसँग सम्झौता गर्दै सदस्यलाई सहुलियत दिने कार्यलाई निरन्तरता दिने बताए। अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्रीले पोखरा रोयल सहकारी संस्था संगको सहकार्य फलदायी र दिगो हुने विश्वास लिदै सहकारी संस्थाको परिचय खुल्ने कुनै एक आधार लिएर आउने हरेक सदस्यलाई सम्झौतामा उल्लेख भए बमोजिम छुट दिने जानकारी दिए।

सम्झौता बमोजिम पोखरा रोयल सहकारीका सदस्यहरुले अस्पतालको सेवा लिए वापत ओ.पि.डि. मा १० प्रतिशत, चेकजाँच र प्रयोगशाला सेवामा २५ प्रतिशत, चश्मा र चश्माजन्य सामग्रीमा ३० प्रतिशत तथा फार्मेशी सेवामा १० प्रतिशतसम्म  छुट प्राप्त गर्नेछन् । पोखरा रोयल सहकारी विगत दुई दशक भन्दा बढि देखि र दृष्टि आँखा अस्पताल प्रा।लि। विगत ३ वर्षदेखि सेवारत रहेका संस्था हुन् । 

यसअघि पोखरा रोयल साकोसले आफ्ना सदस्यलाई स्वास्थ्य परिक्षण तथा उपचारमा सहुुलियत प्रदान गर्ने उद्देश्यका साथ ह्याप्पी फेस एस्थेटिक क्लिनिक प्रा.लि.पोखरासँग पनि द्धिपक्षीय सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार अस्पतालको सेवा लिए वापत संस्थाका सदस्यहरुलाई फार्मेसीमा १० प्रतिशत, छाला सम्बन्धी उपचार प्रक्रियामा ५० प्रतिशतसम्म र निशुल्क दन्त परामर्श तथा दन्त सेवाहरुमा २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । 

Advertisment

थप समाचार