काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२१ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ४३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा छ अर्ब छ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा हिम स्टार उर्जा कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो । आज उन्नति सहकार्य लघुव्त्ति वित्तीय संस्थाको शेयरमूल्य ७.४७ प्रतिशतले घटेको छ ।
Advertisment